सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं-: नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले घटेको हो। मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।