ढाका ​टोपी ढल्क्यो शिरैमा, अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति:

१७ पुस, काठमाडौं । ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवस सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो । प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो ।

प्रभातफेरीमा सहभागीहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो । ‘टोपी दिवसका अवसरमा हामीले अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरेका छौँ’, समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे । कार्यक्रममा उपस्थित पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताए ।