पश्चिम नवलपरासीमा ९ सय ३७ नया व्यवसाय

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ २ गते
नवलपरासी । पश्चिम नवलपरासीमा गत आर्थिक बर्षमा ९ सय ३७ वटा नयाँ व्यवसाय दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अनुसार ४ सय ८४ उद्योग र ४ सय ५३ बाणिज्य फर्महरु नया दर्ता भएका छन ।
आर्थिक बर्ष २०८०/०८१ को जेष्ठ मसान्तसम्म ४ सय ७३ उद्योग दर्ता भएकोमा असार महिनामा ११ वटा गरि ४ सय ८४ वटा नया उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका नवलपरासीकाले जानकारी दिएको छ । त्यस्तै बाणिज्य तर्फ जेष्ठ मसान्तसम्म ४ सय ४४ वटा दर्ता भएकोमा असारमा ९ वटा गरि गत आर्थिक बर्षमा ४ सय ५३ वटा नयाँ फर्म दर्ता भएका घरेलु तथा साना उद्योग नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले हिमालय टाइम्सलाई जानकारी दिनु भयो । पौडेलका अनुसार उद्योग तर्फ सबै भन्दा बढी कृषि तथा पशुपालन फर्महरु दर्ता भएका छन । भने बाणिज्य तर्फ किराना तथा खाद्यान्न बिक्री पसलहरु धेरै दर्ता भएका छन ।

व्यवसाय दर्ता गर्ने व्यवसायीहरु गत बर्ष भन्दा यस बर्ष कम देखिएका छन । पौडेल भन्नुहुन्छ -“नवलपरासीको घरेलु तथा साना उद्योग कार्यालयमा गत बर्ष १ हजार २९ वटा व्यवसाय नया दर्ता भएका थिए । अहिले करिब ९ प्रतिशतले नया दर्तामा कमि आएको छ ।”

पाच लाख सम्मको पुजी स्थानीय पालिकाहरुमा नै दर्ता हुन्छ भने पाच लाख देखी माथीको पुजी रहेन उद्योग तथा बाणिज्य फर्महरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने प्रवधान रहेको छ । नवलपरासीमा ३ नगरपालिका र ४ गाउपालिका रहेका छन ।