अर्थ सरोकार डटकमले लुम्बिनी प्रदेशमा आफ्नो ब्युरो कार्यालय स्थापना-जीवन थापालाई प्रदेश प्रमुखको जिम्मेवारी

प्रकाशित मिति:

काठमाडौं । नेपालको अग्रणी आर्थिक डिजिटल सञ्चारमाध्यम अर्थ सरोकार डटकमले लुम्बिनी प्रदेशमा आफ्नो ब्युरो कार्यालय स्थापना गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक गतिविधिहरु प्राथमिकताका साथ प्रकाशन र प्रशारण गर्ने उद्देश्यले सो कार्यालयको स्थापना गरिएको हो । पत्रकार जीवन थापालाई प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ । लुम्बिनी प्रदेशको बुटवलस्थित दियालो बैङ्कोइटमा आयोजित एक कार्यक्रमका बीच थापालाई जिम्मेवारी प्रदान तथा प्रदेश ब्युरो कार्यालयको उद्घाटन गर्ने काम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अर्थ सरोकार डटकमका सञ्चालक र सम्पादक सुरज प्याकुरेलले लुम्बिनी प्रदेश प्रमुख थापाको सफल कार्यकालको कामना गर्दै लुम्बिनी प्रदेशका आर्थिक गतिविधिमा अर्थ सरोकारको सदैब नजर रहिरहने कुरामा विशेष ध्यान दिन र सोहि अनुसार काम गर्न आग्रहसमेत गरेका छन् । सेयर बजारका चर्चित अध्येयता सुबास चन्द्र भट्टराईले सो ब्युरोको उद्घाटन गरेका थिए । लुम्बिनी प्रदेश ब्युरो अर्थ सरोकारको दोश्रो प्रादेशिक ब्युरो हो । यसअघि अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो स्थापना भएको थियो ।कार्यक्रममा बोल्दै संचालक प्याकुरेलले अन्य प्रदेशमा पनि अर्थ सरोकारको ब्युरो कार्यालय राख्ने तयारी भईरहेको बताए ।