ग्लोबल बैक बर्दघाट शाखाद्रारा खेलकुद तथा स्टेसनरी सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

 

भदौ ७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको ग्लोबल आइ.एम.इ. बैक खेलकुद सामग्री हस्तान्तरण गरेको छ । अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सस्था सहयात्री नेपाललाइ बैकले खेलकुद सामग्री सहयोग गरेको हो ।

सहयात्री नेपालमा आवद्ध रहेका अपाङ्ग तथा अनाथ १५ जना बालबालिका सहयोग गरिएको ग्लोबल बैक बर्दघाट शाखाका शाखा प्रमुख सगम जि.सी.ले जानकारी दिनु भयो । बालबालिकालाई फुडबल, क्यारेमबोड, ब्याडमिन्टन तथा स्टेसनरी सामाग्री हस्तान्तरण गरिएको छ । बैकले समाजिक उत्तरदायीत्व अन्तरगत रहेर अपाङ्ग तथा अनाथ बालबालिकालाई खेलकुद सामाग्री सहयोग गरेको जि.सी.ले बताउनु भयो ।

सहयात्री नेपालकि अध्यक्ष तिलु थापाले बैकले अपाङ्ग, अनाथ बालबालिकालाई लक्षीत गरि शैक्षिक सामाग्री हस्तान्तरण गरेकोमा बैकलाई धन्यवाद दिन भयो । खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बैकका कर्मचारी, सहयात्री नेपाल सस्थाका प्रतिनिधि र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।