नवलपरासी ।
भदौ ८ गते । जग्गाको बिषयमा बिवाद हुदा पश्चिम् नवलपरासीमा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालय हाता भित्र छलफलका क्रममा बिवाद हुदा अर्को पक्षले सोही ठाउँ निवासी श्रीमान राजबहादुर क्षेत्री र उनकी श्रीमति पार्वती क्षेत्रीमाथी रगताम्य हुनेहरी कुटपिट गरेका छ्न ।
वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेम बहादुर कामु र उनका दाजुभाई कृष्ण कामु, रितमान कामु सहित तीन जनाको समुहले महिला पार्वती क्षेत्रीलाई समेत लछार पछार गरि आक्रमणमा उत्रिएका हुन । कामु दाजुभाइले पार्वतीका श्रीमान राजबहादुर क्षेत्रीलाई समेट कुटपिट गर्दा उनको आखामा गहिरो चोट लागेको छ । घटनाको प्रकृति हेर्दा समेत वडा कार्यालय परिसर रगताम्य देखिन्छ । जग्गा सम्बन्धि बिवादमा दुबै समुहलाई छलफलका लागि बोलाईएकोमा बिवाद हुदा बिबाद चर्किएपछी महिलाले थप्पड प्रहार गरेको र त्यसपछि महिला माथी दाजुभाई नै मिलेर लछार पछार गरेको प्रत्यक्षदर्शीले बताएका छन । उनलाई अहिले बुटवल स्थित अस्पतालमा आईसियुमा राखेर उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ ।
कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन भने अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन । करिब दुईबर्ष अघि पनि स्थानिय लक्ष्मण हमालसग बिवाद हुदा कामु दाजुभाई नै हमालको घरमा गै कुटपिट गरेका थिए । घटनाले राजनीतिक रुप लिन खोजेपछि घटना मिलापत्रमा सुल्झाईएको थियो । “वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा एउटा महिला माथी दाजुभाई नै लागेर रगतै बग्नेगरी कुटपिट गर्नु राजनीतिक शक्तिको आडमा जे गरेपनी हुन्छ भन्ने हो”एक जना प्रत्यक्षदर्शी महिलाले भनिन । महिलाको शरिरमाथी पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथी आक्रमण भएको पिडितले बताएका छन ।दाजुभाई नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथी साङ्घातिक हमला गरेका थिए।
“हेर्नुस भर्याङ देखि तल सम्मै रगत छ तीन जना पुरुषले महिलामाथी यस्तो हर्कत गरे नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो”प्रहरी प्रशासन माथी हामिलाई पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाको चलन नै यस्तै छ “। स्थानीय एक महिलाले भनिन ।
पीडित समुहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिने तयारी रहेको पीडित पक्षले बताएको छ । घटनामा संलग्न कामु दाजुभाईलाई शत्ता र शक्तिको आडमा जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पिडित पक्षले आशङ्का गरेका छन ।
वडा कार्यालयमा कुटपिटको घटना घट्नु दु:खद भएको अध्यक्ष अध्यक्ष सन्त बहादुर गाहाले बताउनु भयो । ” शान्त पुर्व छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ ।” अध्यक्ष अध्यक्ष गाहाले भन्नु भयो ।