कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक

प्रकाशित मिति:

सन्जिब दुलाल- काठमाडौँ । कान्छा रिदम तामाङको तामाङ गीत गोङमा बोलको गीत बजारमा आएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् । तामाङ गीत सङ्गीतमा एक इट्टा थप्दै उनीले साङ्गीतिक दुनियाँमा यस गीतले एक नयाँ आयाम थप्ने विश्वास लिएको बताए । मार्मिक शब्दका साथ बजारमा आएको उक्त गीतको ङाई ब्रापा ग्यालामरी गोेङमो एला ताबा मुबा जस्ता पङ्क्तिहरूले श्रोतालाई भावनात्मक रूपमा मन छुने विश्वास लिइएको छ ।

यस गीतको रचना युवा गीतकार कुमार बम्जन तामाङले गरेका हुने भने गीतको सङ्गीत संयोजन तामाङ कलाकार सङ्घका अध्यक्ष एवं प्रतिष्ठित गायक तथा सङ्गीतकार विशाल काल्तनले गरेका छन् ।चोखो माया सम्बन्धलाई व्यक्त गर्ने यस गीत एक वास्तविक प्रेमी जसले हृदयबाट गरेको माया कसरी भुल भयो भन्ने भावमा प्रस्तुत श्रोता माझ पस्किएको छ । गीतमा स्वर र सङ्गीतलाई मार्मिक रूपमा प्रस्तुति गरिएको छ जसले आम तामाङ समुदायको मन जित्ने अपेक्षा लिइएको छ ।गायक कान्छा रिदम तामाङको सुमधुर आवाजमा सजिएको यस गीतको एरेञ्ज कुशल एरेञ्जर बुद्ध स्याङबाले गरेका हुन् भने अडियो मिक्सिङ किशोर थापाबाट भएको हो । कान्छा रिदमको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले प्रेममा रहेका जोडीहरूलाई प्रेरणा ऊर्जा र दिशा दिनेमा आफूहरू विश्वस्त रहेको गायक बताउँछन् ।