अनसनरत केसीलाई देउवाले भेटे

प्रकाशित मिति:

काठमाण्डौ साउन ४ /नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आज अनसनरत प्राध्यापक डा. गोबिन्द केसीलाई भेटेकाछन् । भेटमा उनले केसीको माग जायज भएको र उक्त माग पुरा गर्न काँग्रेस लागि पर्ने बताएका थिए । भेटका क्रममा संचारकर्मीहरुसँग बोल्दै यस अघि सबैको सहमतिमा अध्यादेश आएकोले त्यसलाई पुरा गर्न सबै नेपालीले सहयोग गर्नुपर्ने बताएका थिए । देउवाले डा.केसीको अवस्था गम्भिर भएको र उनको ज्यान महत्वपुर्ण भएकोले माग पुरा गरि केसीको अनसन तोडाउन अपिल समेत गरेका थिए । भेट पछि फर्किएर देउवाले आफ्नो फेसबुक स्टाटसमा अपिल सहितको स्टाटस समेत राखेका छन् उनले भनेकाछन्  ‘अनशनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पताल पुगेर भेटे । उहाँको स्वास्थ्य अवस्था निकै कमजोर छ । उहाँ मसँग बोल्न खोज्दा पनि बोल्न सक्नु भएन । लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा।केसीको पछाडी हामी लाखौ छौ । म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु’
भिडियो देउवाको फेसबुक बाट…….