वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारीहरुबाट सञ्चालित सहकारीको दोस्रो अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा दोलराज गैह्रे निर्वाचित हुनु भएको छ । यसै गरी उपाध्यक्षमा देवी रेग्मी पौडेल, सचिवमा कृष्ण प्रसाद अर्याल, कोषाध्यक्षमा ईश्वरी प्रसाद तिवारी तथा सदस्यहरुमा पदम प्रसाद पाण्डे, प्रेमनारायण सुवेदी, रेनुकादेवी पाठक, माधव प्रसाद न्यौपाने, गणेश पौडेल क्षेत्री, ज्ञान कुमारी द्वारे खवास, जयन्ती कोइराला, बिजुला कोइराला र सुभाषचन्द्र अर्याल निर्वाचित हुनुभएको छ ।

यसै गरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक मणि प्रसाद पंगेनी निर्वाचित हुनुभएको छ ।लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा रमा खनाल पाण्डे र कल्पना पौडेल निर्वाचित हुनु भएको छ । कुल २६५ जना शेयर सदस्य रहेको यस सहकारीको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु साधारण सभाले सर्वसम्मतिको रुपमा निर्वाचित गराएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले सहकारीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सहयोगी भूमिका खेलेको बताउनु भएको थियो ।कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा र वडा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त पाठकको समेत उपस्थिति रहेको थियो ।