प्रकाश न्यौपाने
भदौ १० गते
नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ को वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नाको जाहेरी दर्ता भएको छ । प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरे पछि प्रहरी चौकी जाहेरवाला पक्षले नारावाजी गरिएको थियो ।
घट्ना घटेको ४८ घण्टा सम्म पनि जाहेरी दर्ता नभएकोमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानियवासीहरुले प्रहरी चौकी घेराहालेर चर्काे नारावाजी गर्न लागेपछि मात्र पिडितको उजुरी दिउसो ३ बजे लिएको थियो । इलाका प्रहरी कार्यालय बर्दघाटमा दर्ता नम्बर १३ मा ज्यान मार्ने सम्बन्धि कसुर भदौ ८ गतेको दरखास्त सुचना प्राप्त भइ भदौ ९ गते दर्ता प्रहरी कार्यालयको दर्ता किताबमा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
जग्गाको बिषयमा बिवाद हुदा वडा कार्यलयमा नै पार्वती क्षेत्री र राजबहादुर क्षेत्रीलाई रगताम्य हुनेगरी कुटपिट भएको थियो। कुटपिटका क्रममा घाईते भएका राजबहादुर क्षेत्री अहिले पनि अस्पतालको आईसियुमा राखेर उपचार भैरहेको घाइतेकी श्रीमति पार्वती क्षेत्रीले बताउनु भएको छ । यता वडा कार्यालयमा बोलाएर ज्यान मार्ने नियतले नै सामुहिक कुटपिटगरी घाईते बनाएको भन्दै पिडितका आफन्ती रितुराज जि.सी.ले बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु, जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको नाम किटान जाहेरी दर्ता गर्दै कानुनी कार्वाहिको माग गरेका छन । ज्यान मार्ने उद्योगमा किटान जाहेरी दर्ता गर्दै घाइतेको उपचार खर्चको क्षतिपुर्तिको र कानुनी कार्वाहीको माग गरेका छन ।
कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन । करिब दुईबर्ष अघि पनि स्थानिय लक्ष्मण हमालसंग बिवाद हुदा कामु दाजुभाई नै हमालको घरमा गैई कुटपिट गरेको घटनालाई मिलापत्रमा सुल्झाईएको थियो ।
पीडित समुहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा किटानी जाहेरी दिदा समेत अहिले पनि मेलमिलापमै गएर मुद्दा सुल्झाइन्छ कि भन्ने आशन्का धेरैले राखेको बताउदै पार्वती क्षेत्रीले अहिले कानुनी दायरामा नल्याइ नछाड्ने बताउनु भयो । ” पहिला पनि फौजदारी मुद्दालाई मिलापत्रमा मिलाइएको हुदा अहिले पनि धेरैले त्यस्तो कुरा गरेको सुनिन्छ तर दोसि उपर कानुनी कार्वाही हुनु पर्छ भनेर नै हामीले किटानी जाहेरी दर्ता गरेका छौं ।”
घटनामा संलग्न कामु दाजु भाईलाई राजनीति आडमा शत्ता र शक्तिकै कारण जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पिडित पक्षले आशङ्का गरेका छन । “वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा महिला माथी दाजुभाई नै लागेर रगतै बग्नेगरी अभद्र व्यवहार गर्दै कुटपिट गर्नु राजनीतिक शक्तिको आडमा जे गरेपनी हुन्छ भन्ने हो एक जना प्रत्यक्षदर्शी ।” महिलाले भनुभयो ।
महिलाको शरिरमाथी पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथी आक्रमण भएको पिडितले बताएका छन । दाजुभाई नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथी साङ्घातिक हमला गरेका उहाले बताउनु भयो । उहा भन्नुहुन्छ “हेर्नुस भर्याङदेखि तल सम्मै रगत छ । पुरुषले महिलामाथी यस्तो हर्कत गरे नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो । जाहेरी दर्ता गर्न नै यस्तो कठिना भयो । प्रहरी प्रशासन माथी हामिलाई पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाको चलन नै यस्तै छ । “
वडा कार्यालयमा कुटपिटको घटना घट्नु दुस्खद भएको भन्दै बर्दघाट १४ वडाध्यक्ष सन्त बहादुर गाहाले विज्ञप्ती नै जारी गर्नु भएको छ । शान्त पुर्व छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ । अध्यक्ष गाहाको भनाई रहेको छ ।
स्थानिय युवाहरुले भने रबाव ,दवाब र प्रभावमा परेर समाजमा अराजकहरुको विगबिकी बढेको भन्दै त्यसको विरोध गर्न सबैलाई आवाहन गरेका छन । कुनै पनि घटनाका पिडितहरुको जाहेरी प्रहरीले लिनु पर्नेमा मान्छे हेरर मात्र जाहेरी लिने गरेका कारण राजबहादुर क्षेत्रीले न्याय नपाउने भन्दै उनको न्यायका लागि भदौ ११ गते (भोलि ) बर्दघाट नगरपालिकामा प्रर्दशनमा सहभागि हुन आवाहान गरेका गरेका छन ।
प्रहरीमा नाम नै तोकेर किटानी जाहेरीमा परेका बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु र जिवन कामुसंग घट्नाको बारेमा थप जानकारी लिन मोवाईलमा फोन गर्दा स्विचअफ भएका कारणले कुनै प्रतिक्रिया लिन भने सकिएन ।