नयाँ कार्य समिति गठन गर्न ने.वी संघ गुल्मीले खटायो गाउँ गाउँमा प्रतिनिधि (नामसहित)

प्रकाशित मिति:

रमेश विश्वकर्मा /गुल्मी, पौष १७ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले जिल्लाका सबै बिद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।सदरमुकाम तम्घासमा बसेको बैठकले यहि माघ ५ गतेसम्म जिल्लाका सबै बिद्यालय, क्याम्पस र स्थानीय तहमा नयाँ कार्य समिति गठन गर्ने निर्णय गरेको नेविसंघ गुल्मीका कार्यवाहक सभापती झविन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
नयाँ कार्य समिति गठन गर्न तत्कालै जिल्लाबाट गाउँ गाउँमा प्रतिनिधि खटाउने कार्यवाहक सभापति पाण्डेयले जानकारी दिनुभयो ।
केन्द्रीय प्रतिनिधि शुवास कठायतले प्रतिनिधि पत्र वाचन गरेर नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

स्वार्दपुर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न पार्टीको सहयोग रहने कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बताउनु भयो । नेपाल विद्यार्थी संघ गुल्मीले जिल्ला अधिवेशनकाे लागि स्थानीय तहमा प्रतिनिधि खटाएकाे छ । रेसुङ्गा नगरपालिकाकाे लागि नेविसंघ गुल्मीका कारर्यवाहक अध्यक्ष झविन्द्र पाण्डे लाई खटाएकाे छ । मुसिकाेट नगरपालिकामा रामप्रसाद अाचार्य,मालिका गाउँपालिकामा रमेश बुढा लाई प्रतिनिधि खटाएको नेविसंघ गुल्मीले जनाएकाे छ । चन्द्रकाेट गाउँपालिकामा पुण्य सुवेदी , गुल्मीदरबार गाउँपालिकामा तोमलाल पन्थी , इस्मा गाउँपालिकामा बिष्णु प्रसाद अाचार्य , रुरु गाउँपालिका ऋषि राना, छत्रकाेट गाउँपालिका रामप्रसाद पन्थी, धुर्केाट गाउँपालिकामा कमल पाेख्रेल र कालिगण्डकी गाउँपालिकामा सिजन राना, सत्यवती गाउँपालिकामा कमल भुषाललाई प्रतिनिधि खटाएकाे छ । मदाने गाउँपालिकामा पार्वती केसीलाई प्रतिनिधि खटाएकाे छ ।बैठक नेविसंघ गुल्मीका सभापति झविन्द्र पाण्डेयको सभापतित्व रहेको बैठकको सन्चालन सह-सचीव बिष्णु प्रसाद आचार्यले गर्नुभएको हो ।