मन्त्री पाण्डेद्वारा अन्तर्राष्ट्रिय हवाई कम्पनी प्रतिनिधिहरूसँग छलफल, सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न आग्रह
काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरु भित्राउन सकिने बताउनु भएको छ । मंगलबार अन्तराष्र्टिय वायु सेवा सञ्चालकहरुसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताउनु भएको हो । मन्त्री पााण्डेले भन्नु भयो,देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ । यो संकटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ । उहाँले भन्नु भयो, देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आक्नु हुँदैन ।
मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताउनु भयो । उहाँले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताउनु भयो । उहाँले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला रु भन्ने विषयमा चिन्ता नलिन समेत अन्तराष्ट्र्रिय विमान कम्पनीहरुसँग विश्वास दिलाउनु भयो । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कुटनैतिक रुपमा अघि बढिसकेको समेत बताउनु भयो । छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरुको उपस्थिती रहेको थियो ।