बिबिएलमा सन्दीपले लिए लगातार चार खेलमा विकेट, चौथो खेलमा रेनेगेड्सका कप्तानलाई गरे आउट

प्रकाशित मिति:

पुष १७ , बुटवल । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा लगातार चौथो खेलमा विकेट लिन सफल भएका छन्। मेलवर्न स्टारका मुख्य बलर सन्दीपले मंगलबार मेलवर्न रेनेगेड्सविरुद्धको खेलमा १ विकेट लिन सफल भए। उनले खेलको ११औं ओभरमा रेनेगेड्सका कप्तान टम कुपरलाई १० रन बनाएर खेलिरहदा बोल्ड गरे। यसअघि उनले सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिएका थिए। त्यसअघि सिड्नी थन्डरविरुद्ध २ विकेट र होबर्टविरुद्ध ३ विकेट लिएका थिए। योसँगै उनले चार खेलमा ८ विकेट लिए।

मंगलबार उनले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चिए। सन्दीपले ४ चौका बेहोर्दा ७ बल डट फ्याँके। खेलमा टस हारेको रेनेगेड्सले पहिले ब्याटिङ गरिरहेको हो। यो खेलपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउँदैछन्।