भदौ १६ गते
नवलपरासी । क्षत्री समाजका बर्दघाट नगर कार्यसमिति द्रारा हरितालिका तिजको अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । क्षत्री पोषाकमा सजिएर मौलिकता झल्कने खालका तिजका गीत गाउदै नाच्दै गरेर तिज मनाइएको छ ।
कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष लाल बहादुर अधिकारीले हरीतालिका तिज समस्त नेपाली महिला दिदी बहिनीहरुको भएको बताउनु भयो । क्षत्री समाज बर्दघाट नगर कार्यसमितिको आयोजनामा आयोजित हरितालिका तिज एब दर खाने कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अधिकारीले नेपालमा धार्मिक सहिष्णुतारहेको उल्लेख गरेको तिज हिन्दुहरुको मात्रै नभई सम्पूर्ण नेपाली दिदि बहिनीहरुको भएको बताउनु भएको हो । अधिकारीले नेपालमा जाती र धर्ममा राष्ट्रिय एकताले जातिय सदभाव र धार्मिक सहिष्णुता कायम हुने बताउनु भयो । ” धर्म एकता र चाडपर्वले धार्मिक सहिष्णुता कायम हुन्छ । नेपालमा मनाइने सम्पुर्ण चाडपर्वहरु नेपालीका गौरव हुन ।” अधिकारीले भन्नुभयो ।
क्षत्री समाज बर्दघाट नगर कार्यसमिति अध्यक्ष खम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्षत्री समाजका केन्द्रिय सदस्य मान बहादुर थापा, लुम्बिनी प्रदेश सदस्य हरी रायमाझी, जिल्ला कोषाध्यक्ष हरी भण्डारीलगायतको उपस्थितिमा जिल्लाका ७ वटा पालिकाबाट क्षत्रीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।