पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौंःमन्त्री पाण्डे

प्रकाशित मिति:

काठमाडौं भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ। सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल ९टान०को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो । उहाँले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटकहरू भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने बताउनु भयो ।मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भईरहेको बताउनु भया । उहाँले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरि ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताउनुभयो।

फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गर्नु भयो। उहाँले थप्दै भन्नू भयो,यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहान्छौ । आवश्यकता अनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ, उहाँले भन्नुभयो ०८४ को चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने – तर कांग्रेस एमाले मिलेर आवश्यकता अनुसार जोखिम मल्न पनि चाहान्छौं।