फरार प्रतिवादहरु राष्ट्रपतिसङ्ग भेटघाटमा

प्रकाशित मिति:

भदौ १६ गते
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्यान मार्ने सम्बन्धि कसुरमा किटानी जाहेरीमा परेका रितमान कामु र प्रेम कामु राष्ट्रपति रामचन्द्र पौडेलसङ्ग भेट गरेका छन । जिल्लामा फरार प्रतिवादकारुपमा रहेका कामु दाजु भाइले आइतबार राष्ट्रपति पौडेल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन ।

बर्दघाट नगरपालिका वडा नं. १४ को वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नाको कामु दाजु भाइलाई किटानी जाहेरी दर्ता भएको छ । किटानी जाहेरी दर्ता भए पछि कामु दाजुभाइ विरुद्ध पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भयो । ” उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले खोजी कार्य गरिरहेको छ । कानुनले कोहि कसैलाइ छोड्दैन्न ।” फुयालले भन्नु भयो ।

पक्राउ पुर्जी जारी भएको हप्ता दिन बित्त्दा समेत प्रहरीले पक्राउ गरेको छैन । जाहेरी वाला पक्षले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गरेपनि अहिले सम्म पक्राउ पनि नहुदा मुद्दा मेलमिलापमै गएर मुद्दा सुल्झाइन्छ कि भन्ने आशन्का धेरैले राखेको पार्वती क्षेत्रीले बताउनु भयो । ” घटना भएको १० दिन भयो । हामीले मुद्दा दर्ता त गर्‍यौ तर उहाहरु खुलेआम घुम्नु भएको छ र पनि प्रहरीले पक्राउ गरेको छैन ।” क्षेत्रीले भन्नु भयो ।

इलाका प्रहरी कार्यालय बर्दघाटमा दर्ता नम्बर १३ मा ज्यान मार्ने सम्बन्धि कसुर भदौ ८ गतेको दरखास्त सुचना प्राप्त भइ भदौ ९ गते दर्ता प्रहरी कार्यालयको दर्ता किताबमा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । जग्गाको बिषयमा बिवाद हुदा वडा कार्यलयमा नै पार्वती क्षेत्री र राजबहादुर क्षेत्री घाइते भएका थिए । वडा कार्यालयमा बोलाएर ज्यान मार्ने नियतले नै सामुहिक कुटपिटगरी घाईते बनाएको भन्दै पिडितका आफन्ती रितुराज जि.सी.ले बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु, जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी पछि कामु दाजुभाइलाई पक्राउ पुर्जी जारी भएको छ । पीडित पक्षले ज्यान मार्ने उद्योगमा किटान जाहेरी दर्ता गर्दै घाइतेको उपचार खर्चको क्षतिपुर्तिको र कानुनी कार्वाहीको माग गरेका छन । कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन ।

घटनामा संलग्न कामु दाजु भाईलाई राजनीति आडमा शत्ता र शक्तिकै कारण जोगाउने चलखेल गरेको प्रष्ट देखिन्छ । आइतबार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्र राज कंडेल, महासमिति सदस्य देवकरण कलवारसहित कामु दाजुभाइ राष्ट्रपति र सभापति देउवासङ्ग देखिनुलाई मुद्दा राजनीति आडमा नै मिलाउन खोजिएको देखिन्छ l