एञ्जिलाले युरोपामा व्यवसायिक फुटबल खेल्ने

प्रकाशित मिति:

काठमाडौं- गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिालाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने भएकी हुन्। यो सिजनको शीर्ष डिभिजन महिला लिगका लागि एञ्जिला निस एट्रोमिटोउ क्लबमा आबद्ध भएकी छिन्। उनले क्लबसँग १ सिजनका लागि सम्झौता गरेकी छिन्। एञ्जिला युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो महिला खेलाडी बनेकी छिन्। यसअघि नै स्टार स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा शीर्ष डिभिजन फुटबल खेरिहेकी छिन्।

योसँगै दक्षिण एसियाबाहिर तीन नेपाली महिला खेलाडीले व्यवसायिक फुटबल खेल्ने भएका हुन्। सावित्रासँगै रेखा पौडेल मिडइस्टमा व्यसायिक फुटबल खेलिरहेकी छिन्। उनी युएईमा व्यसायिक फुटबल खेरिहेकी छिन्।युरोपबाट व्यसायिक फुटबल खेल्न आफू उत्साहित रहेको एञ्जिलाले बताएकी छिन्। उनले साउदीबाट पनि अफर आएकामे बताउँदै आफूले युरोप रोजेको बताइन्।ग्रिसको महिला लिगको सिजन सेप्टेम्बर २९बाट सुरु हुँदैछ। त्यसका लागि भीस प्रक्रिया सुरु भइसकेको उनले बताएकी छिन्।। घरेलु फुटबलमा एपिएफ क्लबबाट खेल्ने एञ्जिालाले लागतार दुई सिजन भारतमा आईलिग र एक सिजन पािकस्तानको लिग खेलेकी छिन्।