योजनाको निगरानी जनस्तरबाट गरौंः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नु भएको छ । शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरु संग बुधवार गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सहि र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नु भएको हो । प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न आग्रह गर्नु भयो ।‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागी नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’उहाँले भन्नुभयो,‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । काम राम्रो गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ पनि दिन्छ ।’

योजना कार्यान्वयनमा हुने भ्रष्ट्राचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको समेत मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नु भएको छ । स्थानीय तहमा प्रदेश सरकारले पठाउने योजनाको गुणस्तरीय कार्यान्वयन हुन नसकेका गुनासाहरु सुनिने गरेका छन् । योजना कार्यान्वयनमा कुनै गुनासा आउन नदिनेगरी काम गर्न आग्रह गर्नु भएको हो । समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको बताउनु भयो ।प्रदेश सभामाबाट पास हुने चरणमा स्थानीय सेवा ऐन विधेयक रहेको भन्दै यो विधेयकले कर्मचारी तहमा काम गर्न उत्साह थप्ने विश्वास व्यक्त गर्नु भयो । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिका संग जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा कानुनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गर्नु भयो । उपप्रमुख गिताराना भाटले स्थानीय तहले अघि बढाएका प्राथमिकताका योजनाहरुमा प्रदेश सरकारले साथ दिनुपर्ने बताउनु भयो । शिक्षा, स्वास्थ्य तथा भौतिक सुधारका लागी पालिकाको बजेटले मात्रै नपुग्ने भन्दै प्रदेश सरकारको साथ चाहिने उल्लेख गर्नु भयो ।

थप समाचार