ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सेयर कारोबारमा आवश्यक सुविधा एकसाथ

प्रकाशित मिति:

काठमाडौं । ग्लोबल आईएमई बैंकमा नयाँ खाता खोल्दा सेयर कारोबारमा आवश्यक सुविधा एकसाथ उपलब्ध हुने भएको छ ।बैंकका अनुसार नयाँ खाता खोल्दा नियमित सुविधा सहित थप ५ वटा सुविधा उपलब्ध हुनेछ । बैंकले सार्वजनिक गरेको योजना अनुसार बैंकमा खाता खोल्दा अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो सेयर, सी–आस्बा र टीएमएस खाता खोल्न सकिने छ ।

ग्लोबल आईएमई क्यापिटलमा धितोपत्रको कारोबार खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने डिम्याट खाता र सो खाता सञ्चालनका लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सी–आस्वा रजिस्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा सेयर खरिद तथा बिक्रीका लागि टीएमएस खाता सुविधा ग्राहकले पाउने बैंकले जनाएको छ। यो सुविधा बैंकले सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिने छ । यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुने बैंकले जनाएको छ ।बैंकमा नयाँ खाता खोलेर वा भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने छ ।

 

 

थप समाचार