धरान र चतरामा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम

प्रकाशित मिति:

धरानः नेपाली कांग्रेसले धरानको महादेव चौक र बराहक्षेत्रको चतरामा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ ।कार्यक्रममा भजन कृतन मण्डली परिवार, महिलाजन्य संघसंस्था, आमा समूह र टोल वस्तीका निम्न वर्गका महिला दिदीवहिनीहरुको उल्लेख्य सहभागीता रहेको थियो । दिदी वहिनीहरु वीचमा तीज नृत्य प्रतियोगिता समेत गराइएको थियो । प्रतियोगितामा जोया लिम्वु प्रथम, करुणा घिमिरे दोश्रो र रमा कोइराला तेश्रो भएकी थिइन । त्यसैगरी बसन्ती तामाङ, स्वास्तिका राई र सजिना भुजेलले सान्तवना स्थान हासिल गरेकी थिइन् । विजेता सबैलाई पस्मिनाको बर्को, चुरा, चिम्टी लगायतका पुरस्कार प्रदान गरिएको थियो ।सहभागी दिदी वहिनीहरुलाई खीर, आलुदम, जुलवी, अचार, पानी पुरी, लगायतका परिकार र स्याउ, अम्वक लगायतका फलफुल वितरण गरी दर समेत खुवाईएको थियो । कार्यक्रममा सहयोग गर्ने र ज्येष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

बराहक्षेत्रको चतरामा भएको कार्यक्रम क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा र धरानको महादेवचौकमा भएको कार्यक्रम वडा सभापति डम्वर गुरुङको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, कोशी प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महाधिवेशन प्रतिनिधि दिपेशजंग वस्नेत, बराहक्षेत्र नगरका पूर्व सभापति नारायण नेपाल, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, बराहक्षेत्र वडा नं. १ का सभापति ईश्वार थापा, वडा नं. २ का सभापति अमर कटवाल लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले तीजले महिलाहरुमा सशक्तिकरण ल्याउनुपर्नेमा जोड दिंदै निम्न वर्गका महिलाहरुमा समेत तीजको खुशीयाली ल्याउन समुदायस्तरमा खुला रुपले तीजको कार्यक्रम गरेको भन्दै आयोजक नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को उच्च प्रशंसा गरेका थिए ।

क्षेत्रीय सभापति तामाङले तीज पर्व पछिल्लो समय महंगो र भड्किलो बन्दै गएको तथा महंगो महंगो पाटी प्यालेस र होटलमा चर्को प्रवेश शुल्क लिएर तीज मनाइन थालेपछि तीज पर्व निम्न वर्गका महिलाहरुको पहुंच भन्दा पर हुंदै गएकाले गाउं वस्तीभित्र सबै वर्ग, जाति र राजनीतिक आस्थाका महिलाहरु तीज पर्वमा रमाउन, नाच्न, गाउन सकुन् भनेर समुदायस्तरमा तीजको कार्यक्रम गरिएको बताए ।
समुदायमा आधारित तीज विशेष कार्यक्रम यस अघि बराहक्षेत्रको कालाबञ्जार र धरानको पटनालीमा सम्पन्न भईसकेको छ भने रामधुनी नगरको बक्लौरीमा समेत आयोजना हुने कार्यक्रम संयोजक सुमित राईले बताए ।कार्यक्रममा महासमिति सदस्य जगतबहादुर कार्की, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, जिल्ला सदस्य अनुपमा सुनुवार, प्रदिप बस्नेत, शंकार बस्नेत, कालुराम चौधरी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान, केशव पुरी, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यहरु उमेश पौडेल, शिखा चेम्जोङ, तारा खत्री, विनोद तिमल्सिना, दिनेश श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र नगर उपसभापति युवराज श्रेष्ठ, धरान नगर सचिव जितेन्द्र राई, बराहक्षेत्र ५ का वडा अध्यक्ष रोहित काप्mले, नगर सदस्य श्याम राई, नेपाल प्रेस युनियन सुनसरी कोषाध्यक्ष मातृका नेपाल, सदस्य रोहित कुलुङ राई, शुक्रान्त राई, पत्रकार दिलबहादुर राई, सुजन तामाङ, खोरिया टोल विकास समितिका अध्यक्ष राजकुमार खत्री, धौलागिरी टोल विकास समितिका अध्यक्ष दिनेश राना, महादेव टोल विकास समितिका अध्यक्ष कुमार भारती, शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर राई, स्थानीय समाजसेवीहरु कालीबहादुर तामाङ, रामकुमार श्रेष्ठ, सागर राई, मेघराज राई लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

थप समाचार