गल्याङ प्रिमियर लिग क्रिकेटको उपाधी गल्याङ ब्लास्टरलाई

प्रकाशित मिति:

स्याङ्जा । गल्याङ प्रिमियर टिट्वान्टी लिग क्रिकेट (जिपिएल) को उपाधी गल्याङ ब्लास्टरले जितेको छ । शनिवार भएको फाईनलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधी हात पारेको हो । ईगल्सले बनाएको ९२ रनको सामान्य लक्ष्य ब्लास्टरले १० ओभरमा २ विकेट गुमाएर भेटाएको थियो । इगल्सले १४ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको छ । उपाधी बिजेता गल्याङ ब्लास्टरले १ लाख र शिल्ड हात पारेको छ यस्तै दोस्रो भएको गल्याङ ईगल्सले ५० हजारमा चित्त बुझाएको छ । गल्याङ क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गरेका थिए ।

आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडी छनौट भएको गल्याङ क्रिकेट संघका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए । प्रत्येक टिमले जिल्ला बाहिरका ३÷३ जना खेलाडी समावेश गराएका थिए भने अरु खेलाडी जिल्ला भित्रका नै रहेका थिए ।विभिन्न व्यवसायी र व्यक्तिहरुले आ—आफ्नो क्लव तयार गरी प्रतियोगितामा भाग लिएका थिए । जिल्ला भित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । फाईनल खेल शनिवार गल्याङ नगरपालिका–१ मालुुङगाको खेल मैदानमा भएको थियो । प्रतियोगिताको समापन गर्दै गल्याङ् नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले खेल क्षेत्रले नेपाल र नेपालीको पहिचान बढाएको बताए । पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख भट्टराईको दावी छ ।

थप समाचार