नेकपा पश्चिम नवलपरासीको आयोजनामा सपथ ग्रहण कार्यक्रम जहवामा सम्पन्न

१७ पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


नवलपरासी,पुस १७/ सबल पोस्ट
नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीको आयोजनामा सपथ ग्रहण कार्यक्रम मंगलबार सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा सम्पन्न भएको छ । नेकपाका जिल्ला अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षता एवं नेकपा प्रदेश नम्बर ५ का प्रदेश कमिटि सदस्य घनश्याम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा पश्चिम नवलपरासीले २६ गते भित्र सम्पन्न गर्ने गरि जिल्लाको सात वटै स्थानिय तहमा थालेको अभियान अन्र्तगत गत मशिंर २८ गते नेकपा प्रदेश नम्बर ५ ले लिलाधर पाण्डेको अध्यक्षतामा गठन गरेको ७० सदस्यिय सरावल गाउ कमिटिका सबै सदस्यहरुलाई मंगलबार नेकपा जिल्ला कार्यदलले एक कार्यक्रमका बीच सपथ ग्रहण गराएको हो

। सो अवसरमा प्रदेश सासंद तथा प्रदेश नम्बर ५ का प्रदेश कमिटि सदस्य भगवति भण्डारी, प्रदेश कमिटि सदस्य बृहस्पति अधिकारी, सिता बौडेल, रामानन्द यादव, भविश्वर तिवारी, सुर्य न्यौपाने, नारायण पाण्डे, सरावल वडा नम्बर ७ का वडाध्यक्ष हयात धुनियाले लगाएतका अतिथिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेकपा नेता प्रल्हाद पासीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला कार्यदल सदस्य तुलसी पासीले गर्नुभएको थियो । नेकपा पश्चिम नलवपरासीले जिल्लाको सात वटै स्थानयि तहमा गाउ कमिटि गठन गरि नेकपालाई गाउ स्तरबाट पनि पुर्णता दिने जनाएको छ । सो अभियान अन्र्तगत भोली बुधबार जिल्लाको सुस्ता गाउपाकिलामा गर्य गाउ कमिटी गठन प्रकृयालाई पुर्णता दिइने नेकपा पश्चिम नवलपरासीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया