लिस्नु कप :कडा खेलमा नवलपरासी ११ लाई पराजित गर्दै संजीवनी क्वाटरफ़ाइनलमा

प्रकाशित मिति:

तिलोत्तमा- तिलोत्तमाको कोटिहवामा जारी २२ औ लिस्नु कप २०८१ नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा संजीवनी एफ सी तिलोत्तमा प्रवेश गरेको छ ।पशुपति माविको मैदानमा भएको खेलमा संजीवनीले नवलपरासी ११ लाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।संजीवनीका लागि पहिलो हाफको खेलको २ गोल भएको थियो भने नवलपरासी ११ ले १ गोल मात्र गर्न सफल भएको थियो भने दोस्रो हाफमा फेरी बराबर भएको खेलमा १ गोल थप गरि संजीवनी बिजयी भएको खेल संयोजक कृष्ण गुरुङले बताए। भोलि सोमबार २४ गतेको खेल नवयुवा खेलकुद तथा संस्कृतिक परिवार, ठुटीपिपल र गोर्खा ब्वाइज स्पोर्ट्स क्लब, बुटवल बीच हुने आयोजकले जानकारी दिएको छ। आजको खेलमा म्यान अफ द म्याच संजिवनीका जर्सी नम्बर २ अजित लामाले प्राप्त गरेका थिए।

३ लाख २५ हजार रुपैयाँ राशीको फुटबल प्रतियागिता कोटिहवा स्थित पशुपति माध्यामिक बिद्यालयको खेल मैदानमा सञ्चालन भैरहेको छ। प्रतियोगिता भदौ २२ गते देखि असोज ३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।प्रतियोगितामा यस पटक लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलपस्तु, पाल्पा र गण्डकी प्रदेशको स्याङजा जिल्ला गरि १२ टोलीको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी दिनुभयो।विजेताको पुरस्कार राशी सिद्धार्थ ईट्टा उद्योगबाट प्रायोजन भएको प्रतियोगिता संयोजक कृष्ण गुरुङले जानकारी दिए ।सिद्धार्थ ईट्टा उद्योगका संचालक लक्ष्मी पाठकले आफ्ना स्वर्गिय पति कमलराज पाठकको सम्झानामा पुरस्कार राशी प्रायोजन गरेका छन् । २२ औं लिस्नु कप नक आउट फुटबल प्रतियोगितामा तिलोत्तमा वडा नम्बर-१५ ले सहप्रायोजन गरेको क्लबका सचिव मनोज क्षेत्रीले बताए । सचिव क्षेत्रीका अनुसार प्रतियोगिताको रोमाञ्चक खेल आएसंगै दर्शकको उपस्थिति तिब्र रुपमा अघि बढेको र अन्य देश बिदेशबाट समेत सहयोगी हातहरु आउने क्रम पनि जारी रहेको बताए ।

नकआउटका आधारमा हुने प्रतियोगितामा पुरस्कार
विजेता – ३ लाख २५ हजार रुपैयाँ
उपविजेता – १ लाख ६५ हजार रुपैयाँ
सर्वोकृष्ट खेलाडी – २५ हजार रुपैयाँ
सर्वाधिक गोलकर्ता – ११ हजार रुपैयाँ
उत्कृष्ट गोलरक्षक – ११ हजार रुपैयाँ
राईजिङ प्लेयर– ११ हजार रुपैयाँ
हरेक खेलको म्यान अफ द म्याच -४ हजार रुपैयाँ
अनुशाशित १ टिमलाई आकर्षक ट्रफी
उत्कृस्ट दर्शकलाई बिशेष गिफ्ट ह्याम्पर

थप समाचार