वीपी कोइरालाको बाटो पछ्याउदै स्याङ्जा काँग्रेस

प्रकाशित मिति:

स्याङ्जा । नेपाली काँग्रेसले वीपी कोइरालाले अगालेको सिद्धान्त बिर्सदै गएको आरोप लागिरहेका बेला स्याङ्जा काँग्रेसले वीपीकै बाटो अबलम्वन गरेको छ । १११ औं वीपी जयन्तीको अवसरमा नेपाली काँग्रेस असाय, गरीव र बेसहाराको सहयोगी बनेर उदाहरणीय काम गरेको छ । नेपाली काँग्रेस स्याङ्जा सहित जिल्लाका विभिन्न पालिकाले अत्यन्तै रचनात्मक कार्य गरेर १११औं वीपी जयन्ती मनाएका छन् ।
विगतका बर्षहरुमा वीपी विचार गोष्ठि, बृक्षारोपण, सभा सम्मेलन गर्दै वीपी जयन्ती मनाउदै आएको नेपाली काँग्रेस स्याङ्जा यो पटक भने सामाजिक उत्तरदायीत्वका कार्य गरेर मनाएको स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले जानकारी दिए । वीपीको आर्दश र सिद्धान्तलाई भुल्न हुदैन भन्ने मान्यता राखेर केही रचनात्मक कार्य गरेका छौं सभापति थापाले भने,‘गरीव, जेहन्दार र असाहयको घरमा पुगेर सहयोग शुरु गरेका छौं ।’ यो पटकको जन्मजयन्तीमा आर्थिक, खाद्यन्न र भौतिक निर्माण कार्यको शुभारम्भ गरेका हौं सभापति थापाले भने ।
नेपाली काँग्रेस स्याङ्जाले आफ्ना संस्थापक नेता वीपी कोइरालाको जन्मजयन्तीमा जिल्लाको एकमात्र बालगृह रहेको अमोर सेवा नेपालमा पुगेर खाद्यन्न सहयोग गरेको छ । स्याङ्जा काग्रेसका कार्यबहाक सभापति केदार काफ्लेको नेतृत्वमा पुगेर बालगृहमा ३० हजार बराबरको खाद्यन्न सहयोग गरेको छ । हरेक नेपालीको सानो घर होस, दुहुनु गाई होस र सानो रोजगारी पनि होस भन्ने वीपी कोइरालाको सोचलाई अवलम्बन गरेर यो पटक अनाथ बालवालिका रहेको बालगृहमा पुगेको काफ्लेले बताए ।

यसै गरी नेपाली काँग्रेस भीरकोट नगर समितिले अत्यन्तै गरीब माझी परिवारमा लत्ताकपडा सहित खाद्यन्न सहयोग गरेको जनाएको छ । भीरकोट ६ चिउरी निवासी प्रेमबहादुर माझीका परिवार विभिन्न पाटीपौवामा बसेर आफ्नो दैनिकी चलाउदै आएका थिए । उनको छोरा राजेन्द्र माझीको दुर्घट्नामा परेर निधन भएको बेला शोकमा रहेका माझी परिवारलाई वीपीको जन्मजयन्तीको अवसरमा खाद्यन्न सहित लत्ताकपडा सहयोग गरिएको नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताए । वीपीको जन्म जयन्तीकै अवसर पारेर माझी परिवारलाई २ कोठे सानो घर बनाइदिने समेत अधिकारीले बताए ।नेपालमा प्रजातन्त्र चाहिन्छ भनेर लडेका काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्विाचित प्रधानमन्त्री वीपी कोइरालाले अगालेको सोचलाई नेपाली काँग्रेस बिरुवा गाउँपालिकाले पनि अनुसरण गरेको छ । बिरुवा गाउँपालिका ५ किचनास स्थित पुष्पगाउँकी वेसहारा नानीमाया विकलाई घर बनाइदिने भएको छ । वीपी जयन्ती कै अवसर पारेर नेपाली काँग्रेस बिरुवा गाउँपालिकाले घरको शिलन्यास गरेको छ । नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले एक कार्यक्रमको आयोजना गरी घरको शिलन्यास गरेका हुन् । बन्न लागेको आवसीय घरका लागि टिनको छाना आफुले सहयोग गर्ने प्रतिवद्धता सभापति थापाले व्यक्त गरेको गाउँपालिका सभापति डोलराज पोख्रेलले बताए ।भुकम्प र बाढी पहिरो पिडित बनेकी नानीमाया विक घरवार विहिन बनेकी थिइन् । सरकारले समेत साथ सहयोग नगरेका बेला काँग्रेस विकको सहयोगी बनेको छ । घर निर्माणको शिलन्यास गरेपछि धेरै खुशी लागेको उनले बताइन् । वीपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस स्याङ्जाले शुरु गरेको अभियानको कार्यकर्ताबाट समेत प्रशंसा भएको छ । काँग्रेस गरिवको घरमा पुग्नुपर्छ भन्ने सन्देश यो क्रियाकलापले दिएको भन्दै यस्ता कार्यको निरन्तरताको माग गरेका छन् । राजनीतिकदलहरु पनि यस्तो रचनात्मक कार्यक्रम शुरु गर्नुपर्छ भन्ने सन्देश काँग्रेसले दिएको छ । यो सबै राजनीतिकदलहरुले सिक्नु आवश्यक छ ।

 

थप समाचार