संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस, मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति:

दाङ–संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृती दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रथम स्मृती दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नु भएको अतुलनिय भूमिकाको स्मरण गर्नु भयो । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी हुनुभएको थियो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

थप समाचार