स्टारसहकारी सैनामैनाका अध्यक्ष प्रहरी नियन्त्रणमा,बचतकर्ता न्याय माग्दै प्रहरीकोमा पुगे

प्रकाशित मिति:

सुरेश परियार- रुपन्देहीको सैनामैनामा स्थित मुर्गियामा रहेको स्टार बहुउदेश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोड भन्दा बढि बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् ।मजदुर,किसान,सैलुन व्यवसायी जो आर्थिक रुपमा कम्जोर भएका बचतकर्ता बढि मारमा परेका छन् ।इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउदेश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफुहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सो सहकारी विरुद्ध प्रहरीकोमा निवेदन दिएका थिए । बचतकर्ता बम बहादुर आचार्य भन्छन् आफनो रकम फिर्ता नपाए सम्म आन्दोेलन थप चर्काउने र कानुनी बाटो अपनाउने चेतावनी समेत दिएका छन् । बचत रकम हिनामिना गरेको आरोप समेत बचत कर्ताले लगाएका छन् ।

सो विषयलाई लिएर सहमतिको प्रयास भैरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक आदित्य राज विष्टले जानकारी दिए । उक्त सहकारीमा ४५० जना भन्दा बढिको बचत रकम रहेको भन्दै बचतकर्ताको रकम फिर्ताका लागी सहमति गर्न लागी परेको प्रहरी निरिक्षक विष्टको उद्घोष छ ।सहकारीको अनुगमन गर्ने निकाय नै कानमा तेल हालेर बस्दा दैनिक मजदुरी गरेर जम्मा गरेको पैसा जोखिममा परेको छ । ईलाका प्रहरी कार्यालयमा आज ४ सय भन्दा बढि बचतकर्ताको उपस्थिति रहेको थियो ।