राजा माहात्मा पुर्णभद्र माबीमा अन्तर विद्यालय हाजिरीजवाफ सम्पन्न

प्रकाशित मिति:

 

भदौ २८ गते
नवलपरासी । बर्दघाट ०९ मा रहेको राजा महात्मा पुर्ण भद्र माध्यामिक विद्यालयमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाको एक मात्रै बालमैत्री वडा वडा नम्बर ९ को आयोजनामा बाल दिवसको पुर्व सन्ध्यामा कार्यक्रम गरिएको हो ।

वडाले ६० औं राष्ट्रिय वाल दिवस २०८१ को अवसरमा अन्तर विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा बर्दघाट ९ को राजा महात्मा पुर्णभद्र माबीका ३ वटा टिम, बर्दघाट १० को ग्लोबल एकेडेमी १ वटा टिम , जनता आधारभुत विद्यालय १ वटा टिम गरि ६ वटा टिमहरु सहभागी भएका थिए । प्रतियोगितामा राजा माबी ए टिम प्रथम, दोस्रो राजा माबी बि टिम दोस्रो र ग्लोबल एकेडेमीको टिम तेस्रो भएको छ । प्रथम, दोस्रो र तेस्रोलाई शिल्ड, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले वडामा हुने हरेक गतिविधिमा बालबालिकाहरुको अर्थ पुर्ण सहभागी गराइएको बताउनु भयो । आजका बालबालिका भोलिका कणधार रहेको बताउदै चापागाईंले बालबालिकाका प्रतिभाहरु प्रस्फुटन गराउन सहज वातावरणको सृजना गर्नु पर्नेमा जोड दिनु भयो । यस बर्षको बाल दिवसमा “बालबालिकामा लागानी: सुनिस्चित भबिस्यको थालनी” भन्ने नारा तय गरिएको छ ।

कार्यक्रममा वडा सदस्य बालिन्द्र बिक्रम शाहीले वडा नम्बर ९ भित्र रहेका ५ वटा टोलहरुमा बाल कल्ब गठन गरि बालबालिकाकेन्द्रिय कार्यक्रमहरु टोल टोलमा सञ्चालन गरिएको उल्लेख गर्नु भयो । कार्यक्रम सञ्चालन गरिएको छ ।  वडा अध्यक्ष एब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य पुस्पराज अधिकारीको स्वागत र  वडा नम्बर ९ का  बालबालिका फोकल पर्सन बाबुराम तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।