विश्वविद्यालयमा राजनैतिक दलहरुले भागबण्डाका आधारमा गरिने नियुक्ती गुणस्तरिय शिक्षाका लागि बाधक : महामन्त्री गगन थापा

प्रकाशित मिति:

यमलाल भुसाल- बुटवल २८ भाद्र- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भागबण्डाका आधारमा गरिने नियुक्ती गुणस्तरिय शिक्षाका लागि बाधक रहेको बताउनु भएको छ । रुपन्देहीको शुद्धोधनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको २० औ कयाम्पस सभा, ७ औ अधिबेशन तथा भवन समुदघाटन समारोहमा शुक्रवार वोल्दै महामन्त्री थापाले राजनैतिक दलको भागबण्डामा नियुक्ति भएर आउने हरुले विश्वबिद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो संभव नदेखिएको दावि गर्नु भयो । दलहरुलाई भागबण्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावना अनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताउनु भयो । सरकारले उच्च शिक्षामा लगानी बृद्धि गरी पठन पाठन शैलिलाई सुधार गर्न जरुरी रहेको छ भन्दै उहांले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशने जमातलाई रोक्न सकिने धारणा राख्नु भयो ।

शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भनने विषयमा ध्यान दिन जरुरी रहेको समेत औल्याउनु भयो ।शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धी र भावी योजनाका वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा क्याम्पसका प्रार्चाय टंक प्रसाद पौडेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष नवलराज शर्माले स्वागत गर्नु भएको थियो । सोही अवसरमा उत्कृष्ठ कर्मचारी शिक्षक विद्याथीहरुलाई सम्मान गरिएको थियो ।

थप समाचार