एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

प्रकाशित मिति:

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा रमाएका छन् । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु खुशी भएका हुन् । कार्यक्रमको क्रममा गीत, जिम्याष्टिक, कथा, नृत्य, पपेट, कथा वाचन, म्युजिकल डामा देखाइएको थियो । आफनै शिक्षिकाहरुको प्रस्तुतिबाट ससाना नानीबाबुहरु रमाएका हुन् । कार्यक्रमको उदघाटन अमृता खतिवडाले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको स्मरण गरे । उनले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय बनाउन कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । त्यस अवसरमा उनले काँं नामक कथा पनि सुनाएका थिए । कथाका साथमा व्लक सी का शिक्षिकाहरु कलाकारको भूमिकामा थिए । कार्यक्रमको समापन गर्दै स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले आजको बालबालिकाहरुलाई योग्य बनाउन चौतर्फी विकासतर्फ ध्यान दिनुपर्ने खाँंचो औल्याइन् । कार्यक्रममा कक्षा १,२ र ३ का विद्यार्थीहरुले धन्यवाद दिएका थिए ।