पलेशालाई पोखरा महानगरले दुई लाख २२ हजारसहित सम्मान गर्ने

प्रकाशित मिति:

कास्की, भदौ – पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताए । पोखरा रङ्गशालामा आज गरिने एक कार्यक्रमका बीच पलेशालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशाले २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।