एनआरएन विवादमा मिसिल झिकाउने आदेश

प्रकाशित मिति:

काठमाडौं, भदौ – सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ एनआरएनको आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ।न्यायाधीश बालकृष्ण ढकालको इजलासले एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ। एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट निवेदन दायर गराएको थियो।संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतले यसअघि दुईवटा फैसला सुनाइसकेको छ।