बर्दघाटको कविता प्रतियोगितामा मरासिनी, तिमिल्सिना र घिमिरे उत्कृष्ट 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
असोज ३ गते
नवलपरासी ।
 पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका
स्तरीय शिक्षकहरुको कवीता लेखन तथा वाचन प्रतियोगीतामा राजा महात्मा पुर्णभद्र मा.बि.का शिक्षकहरु उत्कृष्ट हुनु भएको छ । नगर भित्रका विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागी रहेको प्रतियोगितामा गीता मरासीनी प्रथम , एक नारायण तिमिल्सीना द्धितिय र डा. हरि प्रसाद घिमिरेले तृतीय स्थान हासील गर्नुभएको छ ।उहाहरु तिनै जना राजा महात्मा पुर्णभद्र मा.बि.मा पढाउनु हुन्छ ।

सोही क्रममा नगर भित्रका कक्षा ४ देखि ५ सम्मका बिद्यार्थीहरु विच भएको श्रुती लेखन प्रतियोगिता, कक्षा ९ र १० कक्षामा अध्ययनरत बिद्यार्थीहरु विचको वक्तृत्वकला प्रतियोगिता र आधारभुत तह कक्षा ८ देखी स्नातक तहसम्म उत्कृट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरीएको छ । भने बिषयगत रुपमा उत्कृष्ट शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखाले  नगरका शिक्षकहरु विच कविता लेखन तथा वाचन प्रतियोगिताको निर्णायमा डा.धनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल निर्णायकमा रहनु भएको थियो ।