ऐम्स कलेजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

१७ पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


मिलन पंगेनी, बुटवल १७ सबलपोस्ट
बुटवलस्थित ऐम्स कलेजले पुस १७ अर्थात् अन्तरास्ट्रिय टोपी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपलिका वडा न ९ का वडाध्यक्ष बिष्णु बहादुरथापाको प्रमुख अाथित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । एम्स स्कुल एण्ड कलेज,एम्स काउन्सिल अफ स्टुडेन्टस,एम्स अल्मुनाइ अफ स्टुडेन्टस्को संयुक्त आयोजामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा एम्स एजुकेशन फाउन्डेसनका अध्यक्ष धनिश्वर गौतम , बुटवल वडा न ९ का वडाध्यक्ष बिष्णु बहादुर थापा, वडा न ९ का वडा सदस्य शिव अधिकारी, एम्स एजुकेशन फाउन्डेसनका प्रमुख निर्देशक गोपाल प्रसाद न्यौपाने, कार्यक्रम संयोजक किरण गुरुङ लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

बुटवल रेडक्रोसको प्रविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा एकसय तीस युनिट रगत संकलन भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बुटवलमा भइरहेको रगत अभावलाई ध्यान दिँदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको एम्स एजुकेशन फाउन्डेसनका प्रमुख निर्देशक गोपाल प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।कार्यक्रम ऐम्स काउन्सिल अफ स्टुडेन्टसका सचिव राम प्रसाद पाण्डेले संचालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया