रविन्द्र मिश्रको टिप्पणीप्रति दाहाल सचिवालयको आपत्ति

प्रकाशित मिति:

काठमाडौं, असोज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति उनको सचिवालयले खण्डन गरेको छ।अध्यक्ष दाहालका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्। जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ,’ मल्ले भनेका छन्, ‘उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् भन्दै उनले प्रश्न गरेका छन्। उनले भनेका छ्न, ‘मिश्र सर, यति सस्तो अराजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि’राप्रपा नेता मिश्रले मंगलबार बिहान खुमलटारमै पुगेर अध्यक्ष दाहालसँग भेट गरेका थिए।द्वन्द्वका बेला केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक भएको भएपनि आफू देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा दाहालले आफूसँग बताएको मिश्रले उल्लेख गरेका थिए। यस्तै, भेटमा दाहालले राजा ज्ञानेन्द्रले पनि २०६२र०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुने बताएको पनि उनले उल्लेख गरेका छन्।