नेपालको इतिहास र संस्कृति अध्येता विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत: मन्त्री पाण्डे

प्रकाशित मिति:

काठमाडौँ, असोज  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री बद्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतनिक राजदूत भएको बताउनु भएको छ ।काठमाडौँ विश्व विद्यालय अन्तर्गतको हिमालय एसियाली अनुसन्धान केन्द्रको संयोजन भएको १२ दिने कार्यशालाको समापन गर्दै मन्त्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको अध्येता भोलिका दिनमा संसारभर गाई नेपाली संस्कृति र यहाँका सम्पदाहरू विश्वलाई चिनाउने अवैतनिक स्थायी सांस्कृतिक राजदूत हुने बताउनु भएको हो ।

उहाँले यस किसिमका कार्यशाला नेपालमा आयोजना हुनुले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने बताउनुभयो । कार्यशालामा १० भन्दा बढी देशका अध्येता सहभागी हुनु भएको थियो । कार्यशालामा नेपालको इतिहास र संस्कृतिमा केन्द्रित रही अध्ययन गरिएको थियो । कार्यक्रमलाई मन्त्री पाण्डेले संस्कृत भाषामा सम्बोधन गर्नु भएको थियो ।