अविरल वर्षाका कारण देशभर ३० जनाको मृत्यु, उपात्यकामा मात्रै २१ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, असोज – अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३० जनाको मुत्यु भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मत्यु भएको छ। उपत्यका बाहिर ९ नजाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्य इकाइले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

बाढीबाट काठमाडौंमा ९, ललितपुरमा ९ र काभ्रेपलाञ्चोक र भक्तपुरमा ३–३, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ। उनका अनुसार देशभर १६२ स्थानमा भौतिक क्षति भएको छ। प्रतिकार्यलमा १९४७ सुरक्षाकर्मी परिचालन गरिएको र ७६० जनाको सकुशल उद्धार गरिएके उनले बताए।