फेवा साकोसको छैठौं अधिवेशन सम्पन्न

प्रकाशित मिति:

असोज, बुटवल । फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड् बुटवलको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनले जीवलाल भट्टराइलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । यसैगरी उपाध्यक्षमा नुमकली राहादी, सचिवमा खेमराज भट्टराइ र कोषाध्यक्षमा कल्पना थापा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा नारायण वञ्जाडे, भीमसेन राना, गिरीराज सिंजाली, छत्रमाया राहादी र बीमला सुवेदी चयन हुनुभएको सहकारीका व्यवस्थापक लिल बहादुर गुरुङले जानकारी दिनुभयो ।
अधिवेशन अघि भएको कार्यक्रम फेवा सहकारीका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षता तथा सहकारी दर्ता लुम्विनी प्रदेश देउखुरी उपत्यका दाङ कार्यालयका सहकारी दर्ता अधिकारी मधुकृष्ण पौड्यालको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै पौड्यालले सहकारीमा सञ्चालक र सदस्यहरुका बीचमा निकटता आवश्यक रहेको औंल्याउनु भयो । सहकारीको मूल्य र मान्यता सहित सहकारीको दिगोपनाका लागि सहकारीमा सञ्चालकहरुले सदस्यहरुलाई नजिकबाट चिन्नुपर्ने र सदस्यहरुले सञ्चालकहरुलाई नजिकबाट नियाल्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमूख नारायण बेलबासे, सहकारीका सल्लाहकार जिएस तमु, संस्थापक अध्यक्ष यम बहादुर तरामीमगर, लेखा सुपरिवक्षण समिति संयोजक हेम बहादुर थापा लगायतले बोल्नु भएको थियो । सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ । कार्यक्रम नुमकली राहादीको स्वागत तथा सचिव इन्द्र सारुको सञ्चालनमा सम्पन भएको थियो ।