नागढुंगा–नौबिसे सडक खण्डको पहिरोबाट १४ जनाको शव निकालियो

प्रकाशित मिति:

काठमाडौं, असोज – नागढुंगा–नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेका तीनवटा बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीको भनाइ छ ।शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो। पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।