ग्लोबल आईएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

प्रकाशित मिति:

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहक र तिनका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । छुट उपलब्ध सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आईएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकट खरिदमा उक्त छुट पाउने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकका ग्राहक र तिनका परिवारका सदस्यहरूले बुद्ध एयरको काउन्टरबाट उक्त छुटमा टिकट काट्न सक्नेछन् ।