अहिंसा दिवसको अवसरमा सडक कविता वाचन तथा दिप प्रज्वलन कार्यक्रम 

प्रकाशित मिति:

बुटवल । अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले बुटवल ट्राफिक चोकमा अहिंसा विषयक सडक कविता वाचन तथा दिप प्रज्वलन कार्यक्रम कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा विभिन्न साहित्यकारले अहिंसा सग सम्बन्धित कविता वाचन गर्नुभएको थियो। कार्यक्रमका प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले अहिंसाको अर्को विकल्प हुनै नसक्ने र विश्वमा शान्ति, मानवअधिकार र लोकतन्त्रको लागि अहिंसात्मक आचारण, गतिविधि र अभियानहरु हुनुपर्ने औल्याउँनु भयो ।

बरिस्ठ लेखक ऋषि आजादले महात्मा गान्धीको अहिंसात्मक आन्दोलन अदभूतपुर्व रहेको र शान्तिपुर्ण आन्दोलनले पनि परिवर्तन सम्भव छ भन्ने प्रमाणित भएको उल्लेख्य गर्नुभयो ।समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले आत्मानुसान, आफुले गर्ने बोलि, व्यबहारले परिवार, समाज, लिङ्ग, जात, धर्ममा हिंसा भएको छ कि छैन भनेर निर्मम आत्मबोध गरेर अहिंसात्मक आचारण सबैले लागु गर्नुपर्नेमा जोड दिनु भयो । उहाले हिंसालाइ कुनै पनि हिसाबले कदापि स्वीकार गर्न नसकिने बताउनुभयो।कार्यक्रममा शान्ति समाजका पुर्व जिल्ला सभापति हरिस ढकाल , कृष्ण पङ्गेनी, कृष्ण भट्टराई तथा बुटवल जेसीजका पुर्व अध्यक्ष मथुरा पिया, बिन्ध्या किशोर जोसी, महिला नेतृ रिता केसी, रिता सेन, युवा नेता मुक्ति पौडेल, युवा उद्दमी मञ्च रुपन्देहीका पुर्व अध्यक्ष सन्देश श्रेष्ठ, शान्ति समाजका पदाधिकारी , आजिवन सदस्य, सदस्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवाली, स्वागत उपसभापति कृष्ण पाण्डे तथा कार्यक्रमको संचालन सचिव लिलाधर लुइँटेलले गर्नुभएको थियो ।