छहारी बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

असोज १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ०४ मा रहेको छहारी बहुउद्देश्यीय सहकारी सस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभाको बन, वातावरण तथा कृषि समितिका सभापति बिश्वप्रेम पाठकले समेत रहेका पाठकले नेपाल कृषि प्रधान रहेको उल्लेख गर्दै सहकारी संस्थाहरु मार्फत कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। “नेपालको दिगो विकासका लागि कृषि, पशुपालन र पर्यटनमा सहकारीको सहकार्यबाट लगानी बढाउनु पर्छ,” पाठकले भन्नुभयो।


सहकारी संस्थाहरू ऐन, नियम र कानुनको पालना नगर्दा समस्या उत्पन्न भएको लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बताउनु भएको छ। पाठकका अनुसार सहकारी सिद्धान्त र ऐनको मर्म अनुसार सहकारीहरू सञ्चालन नभएमा समस्याहरू थप गम्भीर बन्दै जान सक्छन । नेपालमा शहर मुखी केहि अपरिचित ब्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या आएको पाठकको भनाइ छ ।


साधारण सभामा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले कृषिमा लगानी बढाएर उत्पादन लागत घटाउनुपर्ने आवश्यकतालाई जोड दिनुभयो। उहाँका अनुसार, नेपाली कृषकहरूले उत्पादन गरेको सामग्रीको मूल्य बढी हुँदा भारतबाट आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिनाई भएको छ।


सहकारी बैंक बर्दघाटका शाखा प्रबन्धक परिक्षित ठकुरीले पनि सहकारी सिद्धान्त अनुसार सहकारीहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा सहकारीहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, कतिपय मुलुकमा सहकारीको राम्रो अभ्यास भएको तर नेपालमा समस्याहरू उत्पन्न भएको बताउनुभयो।


साधारण साभमा सस्थाका अध्यक्ष राजु पाण्डेले सस्थाको प्रगति प्रतिबेदन, सचीव प्रकाश न्यौपानेले नीति तथा कार्यक्रम, कोषाध्यक्ष कल्पना पान्डेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक प्रेमलाल सापकोटा प्रस्तुत गर्दै सस्थाको हाल सम्मको अवस्था र आगामी बर्षका लागी लिने नितिहरु प्रस्तुत गर्नु गर्नुभएको थियो । साधारण सभामा ल्याइएका सम्पूर्ण प्रस्ताव र प्रतिबेदन अनुमोदन गरेको छ । साथमा उत्कृष्ट कारोबार गर्न शेयर सदस्य, उत्कृष्ट व्यवसायी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ताहरूलाई सम्मान गरिएको छ ।


संस्थामा ६०४ जना शेयर सदस्य रहेका छन् भने कुल ३ करोड ४० लाखको बासलात, १ करोड ६८ लाखको शेयर पूँजी, १ करोड ६३ लाखको बचत र ३ करोडको लगानी रहेको छ। साधारण सभामा संस्था करिब ४ लाख रुपैयाँ नाफामा रहेको सस्थाले जानकारी दिएको छ ।


साधारण सभाको अध्यक्षता सस्थाका अध्यक्ष राजु पान्डेले गर्नु भएको थियो भने, उपाध्यक्ष मिना कोइराला ज्ञवालीले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन सचीव प्रकाश न्यौपानेले गर्नुभएको थियो।