नेपालगंज उप–महानगरपालिकाकी पुर्व नगर उप-प्रमुखद्वारा जिपि फाउन्डेशन अमेरीकाको कार्यालयमा विशेष भेटघाट

प्रकाशित मिति:

२ अक्टोवर, २०२४, उडसाईड न्युयोर्क॥जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा आज बेलुका एक विशेष छलफल एवं भेटघाट कार्यक्रम सम्पन्न भयो। नेपालगंज उप–महानगरपालिकाकी पुर्व नगर उप-प्रमुख उमा थापा मगरलाई फाउन्डेशनको न्युयोर्कस्थीत कार्यालयमा फाउन्डेशनका कार्यवाहक अध्यक्ष श्री शुवर्ण लामाले खादा लगाई स्वागत गरेका थिए।सो अवसरमा फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, पुर्ब एसपी दान बहादुर मल्ल, तरुण दस्त दोलखाका अध्यक्ष सानु शेर्पा, यसै फाउन्डेशनकाका कृयाशील सदस्यहरु क्रमश: छेवाङ शेर्पा, रिन्जिन शेर्पा, सन्तोस बस्नेत, राजु रौनियार लगायतहरुको उपस्थिति रहेको थियो।

कार्यलयमा वहाँजस्तो कर्मशील एवं युवा नेत्री लाई स्वागत गर्न पाउँदा अत्यन्त प्रशन्नता व्यक्त गर्दै फाउनेडेशनका कार्यवाहक अध्यक्ष श्री शुवर्ण लामाले फाउन्डेशनका सामाजिक गतिबिधीहरू वहाँलाई संक्षेपमा बताउनुभयो।सो छलफलमा

आफ्नो मन्तब्य राख्दै नेपालगंज उप–महानगरपालिकाकी पुर्व नगर उप-प्रमुख उमा थापा मगरले आफु अमेरीकामा आएर आफ्नो प्रिय नेता गिरीजाबाबुको नाममा स्थापित फाउन्डेशनले गरेका समाजिक कामको उच्च प्रशंसा गर्नुभयो। वहाँले जनजनको चासो र नासोलाई आफ्नै ठानी तमाम सामाजिक, सांस्कृतिक,धार्मिक,आर्थिक,वातावरणीय र राजनैतिक सन्तुलन कायम गर्न जनचाहना अनुसारका विकास निर्माणमा विनाभेदभाव गरी तपाई हामी सधैं सॅंगै हातेमालो गरेर अगाडि बढ्नु पर्छ भन्नु भयो। यसै क्रममा वॅंहाले हामी युवाले सकारात्मक सोच लिएर हाम्रा नेतागणज्यूहरुलाई सकारात्मक ढंगले सुझाव दिदा प्रतिफल पनि सकारात्मकनै हुन्छ भन्नेमा म विश्वस्त छु, भन्दै जिपी कोईराला फाउन्डेशन अमेरीकाको न्यानो आतिथ्यका साथै छोटो मिठो भेटघाटमा केही समसामयीक विषयमा महत्वपुर्ण छलफल साथै विचार आदानप्रदान गर्ने अवसरमा दिनु भएकोमा फाउन्डेसनका कार्यवाहक अध्यक्ष सुबर्ण लामा, कार्यकारी सदस्यहरू र उपस्थित सबैलाई हार्दिक आभार प्रकट गर्नु भयो।

 

कार्यक्रमको अन्त्यमा प्रवक्ता रामचन्द्र अधिकारीले युवा नेत्री उमा थापा मगरज्यूको व्यस्त कार्यक्रमबीच फाउन्डेशन कार्यालय भ्रमणगरी आपसी भेटघाट र स्वागत गर्न पाउॅंदा हामी हर्षित छौं र भावी दिनहरूमा नेपालमा गर्नसकिने कार्यक्रमबारे छलफल गर्नुभएकोमा वहाँ लगायत वॅंहाको आमा प्रती फाउन्डेशन परीवारको तर्फवाट हार्दिक धन्यवाद टक्याई सो भेटघाट कार्यक्रम समापन गरीएको थियो।