शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

प्रकाशित मिति:

तिलोत्तमा, असोज १८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा शुक्रबार भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविएस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको शान्ति स्पोर्टस कलवका सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का शिखर चौधरी, सिद्धार्थ इङ्लिश बोर्डिङ स्कुलका यम बहादुर राना, विश्व एकता एकेडेमीका आकाश सारु र र क्यानन मा.वि.का केशव न्यौपाने म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
शनिबार बिहान ७ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ८ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।