समाजबादको नाममा ओली सरकार उल्टो बाटोमा हिंड्यो : रज्जाक

प्रकाशित मिति:

पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गरेका छन् । जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे ।  रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले बिपिको नीति सिद्धान्त निकै राम्रो र सान्दिर्भिक रहेको चर्चा गरे ।
जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए ।
‘अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, ब्यबहार निरंकुश देखियो ।’ उनले भने ।जनता आर्थिक रुपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै बिरोध जनाए ।
बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न सकेन
प्रदेशसभा ५ सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताएका छन् ।
‘अहिलेका नेताले आफु नै बोलेको ठिक भन्ने तर अरुको कुनै बिचार नै नलिने,नसुन्ने गर्छन् त्यो गलत हो’ ।
बिपिका सहयात्री समेत रहेका पोखरेलले भने—‘ बीपीले पहिलो देश, दोश्रँे प्रजातन्त्र र तेश्रँे कांग्रेसलाई महत्व दिनुुहुन्थ्यो ,म मरेर केहि हुन्न देश रहनुपर्यो भन्नुहुन्थ्यो ,यस्तो भाबना अहिले कुनै नेतामा छ उनको प्रश्न छ ।’
बिपिको राष्ट्रिय मेलमिलापको सिद्धान्त सान्दर्भिक रहेको उनको भनाइ छ । भारतमा रहदा बिपि र पुष्पलालको दैनिक भेट हुने गरेको आफुले नै देखेको बताए ।
‘आर्थिक नीति तिम्रो ,प्रजातान्त्रिक राजनीति मेरो भनेर बिपिले पुष्पलाललाइ सम्झाउनुहुन्थ्यो ,अहिले बिपीलाइ लान्छना लगाउनु गलत हो ।’ पोखरेलले सुनाए ।बीपीको देहान्त हुदा निकै दुखद क्षण रहेको बताउदै पोखरेलले बिपीसंगै भारतमा बस्ने क्षण सबैभन्दा रमाइलो लागेको बताए । प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उनले इतिहास साक्षी रहेको प्रष्ट पारे । राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए ।
तत्कालित कांग्रेस राजासंग र राणा दिल्लीसंग नजिक हुदा मोहनसम्शेर पुन राजा बनेको उनले स्मरण गरे । ‘समाजबादी धारको कांग्रेस किन कमजोर भयो ,अहिलेको परिबर्तन बिपीको सपना पनि हो’ श्रेष्ठले भने ।
कांग्रेस यसबाट बिचलन भएको छ,अहिलेको सत्तापक्षले पनि बिपिको राष्ट्रीयता र प्रजातन्त्रको रक्षा गर्न सिक्नुपर्ने बताए । संघीयता बलियो बनाउन राष्ट्रबादी सबै एकजुट बन्नुपर्ने उनको धारणा छ ।बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक डा सुरेन्द्र गिरिले बामपन्थीले गहन अध्ययनबिना बिपीलाइ देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा बिपीले मेलमिलापको नारा लिएर देश आएको बताए । राष्ट्रयता,समाजबादमा उनको ठूलो योगदान छ । लागु गर्न नसक्दा कांग्रेस पछि परेको हो ।बिपीका सिद्धान्त अहिलेको सरकारले पनि लागु गरेमा राम्रो हुने बताए । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आफुलाई पहिले बामपन्थी भएकाले बिपिको बारेमा स्कुलीङ नै तीतो शब्दमा गरिएको बताए ।
उनले आफुलाइ बिपी बिदेशी दलाल भनेर पढाइएपनि २०३६ सालमा प्रत्यक्ष भेट्दा उनी राष्ट्रबादी भएको पाएको बताए । उनको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको उल्लेख गर्दै पढेको र ब्यबहार निकै फरक पाएको उल्लेख गरे । उनले राष्ट्रबादी बिपी पछिसम्म बांचेको भए देशको मुहार फेरिने बताए । तर उनको समाजबादको रुप बिकसीत हुन नसकेको गुनासो गरे ।बिपी निकै सरल र बिशाल रुप भएकोले उनका बिचार सबैले अंगिकार गर्नुपर्ने धारणा राखे । सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डेले बिपी अन्तरनिहित पात्र हुन् । उनी दल बिशेषका नेता मात्रै नभएको बताए । उनी महामानब हुन् । ‘जनताको अधिकार स्थापित गर्ने एकमात्र महामानव बिपि नै थिए ,नेपालको राजनीतिको मियो नै उनी हुन् । ’
समाजबाद उन्मुख राज्य प्रणाली निर्माणमा संबिधान र राज्यले गरेको भूमिका बिपि कै देन भएको प्रष्ट पारे ।अहिलेको सरकारले ब्यबहारमा समाजबादको बाटो बिराएको बताए । उनले बिपिको बैचारिक,साहित्यिक हिसाबले अद्धितिय योगदान रहेको बताए । कार्यक्रम क्लवका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।