नेविसंघ अमेरीकाको शुभकामना आदान प्रदान कार्यक्रम

प्रकाशित मिति:

अमेरीका \सबलपोष्ट संवाददाता नेपाल विद्यार्थी संघ अमेरिका साखाले आफ्नो शाखाहरु विस्तार गर्ने क्रममा, नया बर्षको अवसरपारि अमेरिकाको टेक्सास राज्यमा शुभकामना आदान प्रदान तथा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमले अमेरिकामा रहेका नेपाली विद्यार्थी हरुका समस्या र अवसरहरुको बारेमा समिक्षा गरेको थियो कार्यक्रम मा बोल्दै विद्यार्थी नेता राकेश यादवले प्रवाशी विद्यार्थीहरु एकजुट भएर सहकार्य र समन्वय गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो

त्यसै गरि अर्का जुझारु नेता आकाश महतोले अमेरिकामा अध्ययनरत विद्यार्थीहरुका समस्याहरुका बारेमा यहाँ खोलिएका विभिन्न सस्था तथा सोसाइटी हरुले ध्यान नदिएको र केवल माथिल्लो बर्गका व्यक्तिहरुमै सिमित भएकोमा नेपाल विद्यार्थी संघ अमेरिका को ध्यान आकर्षण गराउनु भयो नेपाल विद्यार्थी संघ आमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डे को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उहाँले छिट्टैनै विद्यार्थी र अन्य संघ सस्था विचको दुरी घटाउनका लागि नेपाल विद्यार्थी संघ आमेरिका लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्णमा नयाँ वर्ष २०१९ र नेपाली टोपी दिवसको शुभकामना व्यक्त गर्नुभयो कार्यक्रमको उद्घोषण विद्यार्थी नेता सतिश मण्डलले गर्नु भएको थियो