बुटवलमा रोट्रयाक्टरहरुले मनाए टोपी दिवस

प्रकाशित मिति:

विष्णु खत्री, सैनामैना ।
रुपन्देहीको बुटवलमा “नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारा सहित रोट्रयाक्टर युवाहरुले टोपी दिवस मनाएका छन् । बुटवलमा चलिरहेको लुम्बिनी एक्सपो अन्तरराष्ट्रिय व्यापार मेलामा भेला भएर रोट्रयाक्टर युवाहरुले नेपाली ढाका टोपी प्रदर्शन गरेका हुन् ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले टोपी दिवसले राष्ट्रियता र नेपालीहरुको गौरवको निम्ती महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी आचार्यले बुटवल उपमहानगरपालिकाले स्थानिय उत्पादनलाई प्रथामिकता दिएर अगाडि बढेको बताउँदै रोटरी, रोट्रयाक्टले सामाजिक दायित्व बहन गर्दै गरिरहेको
कार्यप्रति प्रंशसा गर्नुभयो ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष एवं एक्सपोका संयोजक पदम प्रसाद श्रेष्ठ,जोन २० का ए.जि रोटरियन राजेन्द्र ढकाल,रोट्रयाक्ट नेपालका डिष्ट्रिक कम्युनिटी सर्भिस डाईरेक्टर बिक्रम क्षेत्री,जोन १२ का जेड.आर.आर रमेश नेपाल लगायतले बोल्दै नेपाली मौलिक पोशाक प्रर्वद्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँहरुले टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रोट्रयाक्ट क्लव अफ बुटवल साउथको आयोजना तथा रोट्रयाक्ट क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी, रोट्रयाक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष प्रकाश खरेलको अध्यक्षता,बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन बुटवल साउथका जोईन्ट सेक्रेटरी युवराज बन्जाडेले गर्नुभएको थियो ।
नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यले केही बर्षअघि उत्साही युवाहरुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरेका थिए ।