तिलोत्तमा । ३६ औं झरना रनिङ शिल्ड नकआउट फूटबल प्रतियोगिताको उपाधी लिस्नु युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा आयोजक झरना स्पोर्ट्स क्लबलाइ १( ० गोल अन्तरले पाखा लगाउदै उसले नगद ३ लाख ३१ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो । त्यस्तै उपबिजेता बनेको झरना स्पोर्ट्स क्लबले १ लाख ८१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।खेलको पहिलो हाफ गोल रहित रह्यो । दोस्रो हाफको १३ औ मिनेटमा झरनाका खेलाडीले फल गरेपछी लिस्नु ले पेनाल्टी को अवसर पाएको थियो । अवसरलाइ गोलमा परिणत गर्दै लिस्नुका कप्तान एन्जल महर्जनले गोल गरि टिमलाई अग्रता दिलाए । उक्त गोललाइ बराबरीमा ल्याउन झरनाका खेलाडीले प्रयास गरेपनी गोल प्रहार गर्न सकेनन ।
सेमिफाइनलिस्ट गोर्खा ब्वाइज र जनज्योती एफसीले नगद २५ र२५ हजार पुरस्कार पाउन सफल भए । १६ टिम सहभागी भएको खेलमा रुपन्देही बाहेक कपिलवस्तु , पश्चिम नवलपरासी र स्याङ्जाको वालिङ बाट समेत टिमको सहभागिता रहेको थियो ।खेलमा झरनाका जितेश गुरुङ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद १५ हजार पुरस्कार पाए ।त्यस्तै, झरनाका कुलदीप क्षेत्रिले बेस्ट डिफेन्सर को उपाधी चुमे । खेलमा लिस्नुका विशाल केसी उत्कृष्ट गोल रक्षक बने । झरनाका सन्तोष खत्री उत्कृष्ट मिड फिल्डर भए भने लिस्नुका बुद्धि पुन उत्कृष्ट प्रशिक्षक भए । खेलमा लिस्नुका सुशील राइले उत्कृष्टस्ट्राइकरको पुरस्कार प्राप्त गर्न सके । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए । खेल अवधी भरी अनुशासन मा रहेर खेलेकोमा योङ स्टार मडाहा ले फेयर टिमको पुरस्कार पाएको थियो । २०२७ सालमा स्थानिय युवा बाट स्थापना भएको झरनाले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ ।