अमेरिका – नेपालमा शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क अमेरिकाले नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग गर्न अमेरिका लगायत संसार भरिरहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई आह्वान गरेको छ।हामीलाई देशै भरिबाट बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, औषधि, टेन्ट, जस्तापाता, कपडा, पानी शुद्ध गर्ने सामग्री, ब्ल्यांकेट लगायतका सामग्रीको माग आइ रहेको छ। विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी अमेरिकामा रहनु भएका प्रवासी नेपालीहरु, नेपाली संघ संस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्द छौं,” हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरका अध्यक्ष ज्वलन्त श्रेष्ठले भने। उनले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाए।
हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरले गो फन्ड मी तथा zeffy.com मा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ https://www.gofundme.com/f/nepal-flood-landslide-relief-appeal-2024- सन् २०१५ को महाभूकम्प वा कोभिड तथा गत वर्ष मात्रै जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयम्सेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यस पटक पनि बाढी तथा पहिरो पीडितहरुलाई अत्यावश्यक मानवीय सेवा पुराउन सबै मित्रहरुबाट सक्दो सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने। उनले सहयोग संकलन तथा वितरण सम्पूर्ण रुपमा पारदर्शी हुने पनि जनाए।गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २३० जना भन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन्। त्यस्तै पूर्वाधार, बालीनाली, निजी घर जग्गा लगायतमा अरबौं रुपिया बराबरको क्षति भएको छ। हेल्प नेपाल नेटवर्क नेपाल शाखाले सिन्धुपाल्चोक जिल्लाका इन्द्रावती तथा बेल्फी गाउँ पालिकाका २२ बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, टर्पोलिन लगायतका सामग्रीहरु वितरण गरेको छ । आफुले विश्वास गरेको संस्था मार्फत बाढी र पहिरो पीडितहरुलाई मानवीय सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्कले अपिल गरेको छ।