तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ तामाङ सर्वसम्मत

प्रकाशित मिति:

भरत प्रधान- लिस्बन, असोज । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ ।शनिबार सम्पन्न भएको भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगल गठन समेत गरेको छ । भेलाले आगामी दुई वर्षे कार्यकालका लागि इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सबिना मनाङथेन, फुर्बासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन हुनुभएको छ ।

संघको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन हुनुभएको छ भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन हुनुभएको छ ।भेलाले कोषाध्यक्षमा सागर योञ्जन लामा र सहकोषाध्यक्षमा म्लाङसिङ तामाङलाई चयन गरेको छ । यस्तै संघको युवा संयोजकमा बिकाश लामा, युवा सहसंयोजकमा लोप्साङ लामा र साँस्कृतिक संयोजकमा बिशाल तामाङ चयन हुनुभएको छ ।संघको सदस्यहरुमा सबी लामा लोप्चन, सेर बहादुर तामाङ, बिरेन तामाङ, लक्ष्मी तामाङ, नरजङ तामाङ, बिल मोक्तान, लमिन तामाङ, सुनिल लामा, बुद्धि तामाङ, सुनबिर लामा, साङ दोर्जे लामा, दावाङ लामा, समिर वाईवा, बिशाल तामाङ सयांङतान, सन्जु मोक्तान, सम्झना तामाङ, सुरेश पाख्रिन, उदाश तामाङ, सोम बहादुर तामाङ, सोमिला लामा बल, राजेश लामा, सुर्य लो तामाङ, नानु मोक्तान, अलिना तामाङ, जित बहादुर तामाङ, मिन तामाङ, दिपक दोङ, रोमीला तामाङ र विद्यासागर लामा रहनुभएको छ ।नेपाल राष्ट्रिय तामाङ घेदुङ ९संघ० का केन्द्रीय सदस्य सागर योञ्जन तामाङको संयोजकत्व तथा घेदुङका केन्द्रीय प्रतिनिधि सुजन लामा तामाङको उपस्थितिमा संघको पोर्चुगल शाखा गठन गरिएको संस्थाले जनाएको छ ।