प्रदेश ५ लाई नमुना प्रदेश बनाईने सभामुख घर्तिको भनाई

१८ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


पुष १८, सबलपोस्ट / बुटवल
बुटवलमा प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमुना बनाइने तर त्यो काम हतारमा नहुने प्रष्ट पारेका छन् ।
प्रदेशको राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भिरतापूर्वक सोच्न आवश्यक रहेको उनले बताए । राजधानीको विषयमा दीर्घकालिन सोचको साथमा अघि बढ्न र दलिय स्वार्थभन्दा माथि उठ्न उनले प्रदेश सांसदहरुलाइ आग्रह समेत गरे ।सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै उनले खाली रहेको सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउनुपर्ने बताए । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले राजधानी कहा भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्ने बताए ।राजधानी जहां भएपनि १०० बर्षसम्म का पूस्ताहरुको लागि पनि अनुकुल हुने खालको बनाउनुपर्ने उनको भनाइ छ ।

प्रदेश नम्बर ५ को राजधानी सबैको पहुँच, सबैको अनुकुल हुनुपर्ने गरी बनाउने बताए । उनले सबैको ईच्छा, नभएमा सबै व्यवस्थापन गर्न सकिने बताए । सिंगो नयां सहर नै बनाउने गरी राजधानी निर्माण गर्न सकिने उनको भनाइ छ ।
राजधनीको विषयमा भौगोलीक विकटता पनि महत्वपूर्ण रहेको भन्दै उनले कसैको घर, जग्गा, घडेर कहंँ छ भनेर त्यहाँ राजधानी बन्नु पर्छ भन्ने तर्क गलत रहेको बताए ।उनले रुपन्देहीका सबै जिम्मेबार निकायसंग बँंके र बर्दियाको क्षेत्रलाई समेत समेटेर कार्य अगाडी बढाउनको लागि आग्रह गरे । संविधान कार्यान्वयन गर्ने दायित्व सबैको रहेको भन्दै उनले सबैको सहकार्यबाट संविधान र संघीयता कार्यान्यवन गर्नुपर्ने बताए । संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी र प्रदेश अहिलेकै ठांउमा उपयुक्त हुने बताए । अहिले राजधानी लगायतको विषयमा उनले बेकारको खिचडी पाकिरहेको तर्क गरे । सबै जिल्लाको प्रतिनिधित्व भन्दै हिड्ने समितिमा सबै जिल्लाका प्रतिनिधित्व खोज्ने बहानामा ढिलाइ गरिएको बताए । उनले समस्या समाधान गर्ने हो भने सच्चा इमान्दारीता देखाई, ढिलाई गर्न नहुने बताए ।
संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको बिषयमा सांसदहरु चुकैको बताए । रुपन्देहीमा भन्सार,बिमानस्थल,सडक,पूर्वाधारहरु,अस्पताल सबै भएको कारण राजधानीका लागि रुपन्देही तयार रहेको बताए ।उनले रुपन्देही बाहेकको बिकल्प नभएको र भगवान गौतमबुद्धको नाममा लुम्बिनी प्रदेश,रुपन्देही राजधानी राख्नुपनैपर्छ नत्र आन्दोलन थाल्ने बताए ।

उनले रुपन्देही नै राजधानी गराउनका लागि पार्टीको निर्णय भएको समेत प्रष्ट पारे ।साक्षात्कार कार्यक्रम रिपोर्टस क्लव प्रदेश नम्बर ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया